असोज ६,काठमाडौँ । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्रा्ष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्रा्ष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन ।
छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै तीन वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मुलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशले आफूलाई न्याय नदिए पनि अन्तर्रा्ष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन ।
द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरे पनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गराईन ।
गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधीलाई अन्तर्रा्ष्ट्रिय अदालतले समात्ने विश्वास रहेको बताईन । आमरण अनसनका कारण सिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न गरिन ।