असोज ८, काठमाडौं । एसिड आक्रमणमा घाइते सम्झनाको मृत्यु भएको छ। आफ्नै घरमा सुतिरहेका बेला एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना कुमारी दासको मृत्यु भएको छ।
आइतबारराति उनको मृत्यु भएको उपचारमा संलग्न डा। सुरेन्द्र बस्नेतले जानकारी दिए । चिन्ताजनक अवस्थामा उपचार गरेको भएपनि सम्झनालाई बचाउन नसकेको उनले बताए ।
१८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई गत भदौ २६ गतेराति ९तिजको दरखाने दिन० एसिड प्रहार गरिएको थियो ।
बहिनी सुस्मिताको भने केही दिनमा डिस्चार्ज हुँदैछ। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले दासका छिमेकी रामबाबुलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ।