असोज ८,काठमाडौँ । बेलकोटगढी नगरपालिकाबाट ९ औं रास्ट्रीय शिन क्योकुशिन कराते प्रतियोगितामा पदक विजेताहरुलाई समाजसेवी तथा युवा नेता जगत लामाले सम्मान गरेका छन । उनले आफु जन्मिएको ठाँउबाट साना भाईबहिनीहरुले राष्ट्रिय खेलमा पदक प्राप्त गर्नु ऐतिहासिक र गौरवको विषय भएको बताए । राजधानीमा लामाले पदक विजेतालाई बोलाएर बधाई तथा शुभकामना दिएका हुन । उनले खेलकुदको विकासको लागी आफु जहिल्यै लागी पर्ने बताउदै बेलकोटगढीमा उत्पादन भएका खेलाडीलाई हरेक सहयोग गर्ने बताए ।
सो क्रममा अविसुरा युवा क्लव बेलकोटगढी–४ ले गरेको कामको प्रशंसा गरिएको थियो । स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद नारा सहित नेपाल शिन क्योकुशिन कराते संघ तथा दिव्या ज्ञान साखा डोजो को आयोजनामा असोज ६ र ७ मा सम्पन्न ९ औं रास्ट्रीय शिन क्योकुशिन कराते प्रतियोगिता नुवाकोट लाई ६ पदक प्राप्त भएको छ ।
पदक प्राप्त खेलाडीहरुमा खुल्लातर्फ प्रबिन गुरुङ, ४५ केजीमुनी सुदिप गुरुङ, दिनेश गुरुङ,४५ केजीमुनी अस्मि गुरुङले कास्य, ३५ केजीमुनी सुरेन्द्र गुरुङले रजत पदक र ४० केजीमुनी शर्मिला गुरुङले स्वर्ण जितेका छन । प्रतियोगितामा नुवाकोट बेलकोटगढी– ४ बाट १६ खेलाडीको सहभागिता रहेको थियो ।