अब प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ८, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ८,काठमाडौँ । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ ।

राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी धु्रवराज पौड्यालले जानकारी दिए ।

जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको मागबमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगर÷गाउँपालिका युवा परिषद्’ नाम रहने छ ।

प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौद समिति गठन गरिएको छ

ताजा अपडेट

खोजी गर्नुहोस