अविरल वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ९, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ९, धनगढी । गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिकाको एलएन चोक, विशालनगर, प्रदेशसभा हल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् । वर्षातको समयमा समेत डुबानमा नपरेका यी क्षेत्रहरु सोमबार एकैदिन परेको पानीका कारण जलमग्न भएका हुन् ।

अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ भने सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।

यस बर्ष उपमहानगरपालिकाले डुबान हटाउनका लागि नाला खोल्ने कार्यलाई तीब्रता दिए पनि एक दिनको बर्षाले उपमहानगरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि केही पसल र घर डुबानमा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस