तनहुँमा गाडी दुर्घटना, २ महिलाको मृत्यू

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ९, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा २ महिलाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २७/२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परी माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । अन्य सामान्य घाइते भएका ६ यात्रुको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस