ट्राफिकको अर्को नियमः जुत्ता नलगाए लाईसेन्स खारेज

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ११, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् ।

यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।

लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।

दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।

यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।

दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो ।

चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस