३८ क्वीन्टल सुन तस्करी प्रकरण : पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ११, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ११,मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

१० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका निरौलाको १९ पटक पेसी सरेपछि बिहीबार बहस भएको थियो ।

बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता चिरन्जीबी पराजुली र जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता रमेश कोइराला, भानुभक्त निरौला र बिकास थापाले बहस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस