असोज १२,सिन्धुली । यहाँको फिक्कल गाँउपालिका वडा नम्बर ४ का स्थानियले गतसाल ३० रोपनी जग्गाको तिरो ९३ रुपैया तिरेका थिए । तर यसपाली त्यती नै जग्गाको तिरो ५८ सय पचास रुपैया उनिहरुले गाँउपालिकाले कर बढाएको रे भन्दै यसरी अत्याधिक कर बढाउदा जनतालाई ढाडै सेकेको बताएको जवाफ दिएका छन ।
स्थानियले गोलन्जर गाँउपालिकाको मध्येपहाडी लोकमार्गले छोएको र विपी राजमार्गले छोएको प्रती रोपनी जग्गालाई ५० रुँपैया मात्रै तिरो तिरको तर फिक्कलमा जनप्रतिनिधिले जनतालाई ढाडै सेक्नेगरी कर बढाएको आरोप लगाए । त्यसैको छिमेकी गाँउपालिकामा राजमार्गले छोएको सुनकोशी गाँउपालिकामा प्रती रोपनी २० रुँपैया मात्रै छ । फिक्कलको प्रति रोपनी ३५० रुँपैया रकम तोकिएको छ । यससंगै जोडिएको लोकमार्गकै छेउको तिनपाटन गाँउपालिकामा प्रतिरोपनी १३ रुँपैया रहेको छ । अघिल्लो बर्ष ३ रुँपैया रहेको मालपोत कर यसपाली बढाएर ३ सय पचास पुर्याइएको स्थानिय गणेश पहाडीले बताए ।
उनले जनताले तिव्र विरोध गरिरहेता पनी गाँउपालिकाले त्यसमा चासो नदिएको गुनासो गरेका छन । गाँउपालिकामा माझी बस्ती बढी भएकोले उनिहरुले कर तिर्न नसकेर जग्गा छोड्नपर्ने बाध्यता रहेको बुझिएको छ । गाँउपालिका अध्यक्ष घनश्याम कार्कीले राजस्व समितीले निर्धारण गरेको बताए । उनले गाँउपालिकामा यसबारे छलफल हुन बाँकी रहेको अनलाईन केन्द्रलाई बताए । पहिलेको भन्दा राजमार्ग छेउमा जग्गाको बृद्धी भएको र त्यसैको आधारमा मालपात कर बढाएको बताए । उनले राजमार्गले छोएको जग्गामा सरकारको मुल्याङकन प्रतिकठ्ठा औसतमा ८ लाख रुँपैया रहेको बताए ।