माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन १३, शनिबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

असोज १३,काठमाडौँ । माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पुरेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी छन् ।

उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस