बच्चा जन्माएर कुलोमा बगाउने ‘कुमारी आमा’ र उनका प्रेमी पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन १७, बुधबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् ।

फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन् ।

ती युवतीले गत भदौ १८ गते राति आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको नहरमा फालेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस