उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन

  • अनलाइन केन्द्र
  • / उद्योग  /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए।

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस