टिष्टुङ महोत्सवको उद्घाटन मुख्यमन्त्री पौडेलले गर्ने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १८,मकवानपुर । थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने भएका छन् ।

यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको २४ असोज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

अहिले महोत्सव तयारी स्वरुप टिष्टुङ बजार सरसफाई, प्रवेशद्वारा निर्माण, स्टल व्यवस्थापन लगायतकाको कार्य भइरहेको सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य जोशीले जानकारी दिए ।

कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए ।

टिष्टुङ महोत्सवमा कृषि मेला प्रदर्शनी हुने

थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा संचालन हुने टिष्टुङ महोत्सव–२०७५ मा कृषि मेला प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिका कृषि विकास शाखाको सहयोगमा प्रदशृनी हुने भएको हो ।
यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने महोत्सवमा कृषिजन्य उत्पादनहरुको स्पर्धा गराई उत्कृष्ट घोषणा गरिने थाहा नगरपालिकाले जनाएको छ । प्रदर्शनीमा प्रतिस्पर्धाका लागि कृषिजन्य उत्पादन दर्ता यहि असोज २४ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्मगर्न सकिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदर्शनमा कृष्जिन्य उपज पु¥याउँदा खाद्यन्न बालीतर्फ धान एक झुप्पा नै लैजानूपर्नेछ । त्यस्तै मकै २ बोट घोगा सहित, कोदो १ झुप्पा बनाई लैजान सकिने सूचनामा उल्लेख छ । त्यसैगरी तरकारीबाली तर्फ २ वटा बोट फलसहित प्रदर्शनीमा लैजानू पर्नेछ भने फलफूल तर्फ एउटा फलेको हाँगा नै सहभागिताको लागि लैजानूपर्ने सूचनामा उल्लेख छ ।

प्रदर्शनीमा विविध अन्तर्गत मौरी, माछा र अन्य कृष्जिन्य वस्तु पनि सहभागिता गराउन पाइनेछ । मौरी सहभागिता गराउँदा गोला सहितको १ घार, माछा २ वटा पानी सहित र अन्य कृषिजन्य सामाग्रीहरु उत्पादन अनुसार सहभागिता गराउन सकिने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस