कलंकी–नागढुंगा सडकखन्ड मर्मत : राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १८,काठमाडौँ । काठमाडौंको कलंकी–नागढुंगा सडकखन्ड मर्मतकाक्रममा राति गाडी चलाउन रोक लगाउँदा यात्रीले सास्ती खेपेपछि समयमा फेरबदल गरिने भएको छ ।

मर्मतका लागि हरेक राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाउने तयारी सरकारले गरेको छ ।

यसअघि, राति ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउँदा यात्रीहरुले निकै सास्ती व्यहोर्नुपरेपछि समयावधि फेरबदल गर्न लागिएको हो ।

दैनिक हजारौं सर्वसाधारणले यात्रा गर्ने यस सडकखन्डको मर्मतमा सरकारले ढिलासुस्ती गर्दा यात्रीसहित स्थानीयले समस्या भोगिरहनुपरेको छ ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले यात्रीहरुको समस्यालाई ध्यानमा राखेर यातायात व्यवस्था विभागसँगको सहकार्यमा केही दिनभित्रै समय हेरफेर गरिने बताए ।

सडक विभागका कारण नभइ धेरै ‘लोड’ भएका गाडी एवं सडकछेउछाउमा बिग्रेका गाडीका कारण सडक अवरुद्ध भएको भन्दै उनले त्यसको छिट्टै व्यवस्थापन गरिने दाबी गरे ।

उनले दसैं–तिहारका बेला सहजरुपमा यात्रा गर्न पाउने व्यवस्था मिलाइने जिकिर गरे ।

बाटो सहज बनाउन भन्दै अत्यन्त कम गतिमा गुड्ने मालबाहक ठूला गाडीलाई केही दिनका लागि प्रतिबन्ध लगाउने तयारीसमेत सरकारले गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस