पानी सर्केर मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन २२, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २२, रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको ज्यान गएको छ ।

लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको ज्यान गएको हो ।

पानी पिउने बेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आइतबार ज्यान गएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिए ।

२०६९ चैत १२ गते कैद परेको कैदी सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस