नगर प्रमुख विष्टद्धारा प्रदेश–३ को स्थायी राजधानी थाहानगर प्रस्ताव

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २५,थाहानगर । मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको प्रष्ट्याए । २४ देखि २७ असोजसम्म संचालन हुने महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख विष्टले काठमाण्डौबाट नजिक र भौगोलिक, वातावरणीय तथा अरु सबै हिसाबले थाहानगर प्रदेश ३ को राजधानी हुन सक्ने योग्यताले भरिपूर्ण भएको उल्लेख गरे ।

उनले भने, प्रदेश सरकारले यो विषयलाई अघि बढाओस् ।’ कार्यक्रममा विष्टले अहिले संचालन हुने महोत्सवहरु नामी भन्दा बदनामीतिर पछि लागेको बताउँदै महोत्सवले आफ्नो मौलिकता प्रदर्शन गर्नुपर्ने बताउँदै त्यो काम टिष्टुङ महोत्सवले गरेर खाउन गरेको प्रतिवद्धताप्रति खुशी व्यक्त गरे । महोत्सवमा व्यपार भन्दै ठेकदारी प्रवृत्तिलाई अन्त्य गरिनूपर्ने बताए ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै दृष्टिकोणले हेटौंडालाई अस्थायी प्रदेश घोषणा भएको बताउँदै स्थायी राजधानी बन्नबाट अब चुकाउन नहुने उल्लेख गरे । भौगोलिक हिसाबले स्गायी राजधानीको लागि थाहानगर पनि खोट लगाउने ठाउँ नभएको उनको भनाइ थियो ।

महोत्सव उद्घाटन कार्यक्रमका विशिष्ट अतिथी तथा प्रत्यायोजन तथा सरकारी आश्वासन समितीका सभापति रामनारायण बिडारीले प्रदेश राजधानी हेटौंडा नहुने भए थाहा नगरलाई नै बनाउनुपर्ने ठोकुवा गरे । चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण भएपछि पाँचै मिनेटमा फुत्त काठमाण्डौ पुग्न सकिने थाहानगर स्थायी प्रदेश राजधानीका लागि उपयुक्त भएको उनको भनाइ थियो । उनले जातिय र साँस्कृतिक सद्भाव रहेको टिष्टुङको पहिचान मेटाउन नहुने बताए ।

कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले मुखै खोलेर प्रदेश राजधानीको विषयमा प्रष्ट्याउन नखोजिएपनि हेटौंडालाई स्थायी राजधानी बन्न सक्ने संकेत गरे । स्थायी राजधानीको विषयमा संसदमा प्रस्ताव टेबल भइसकेको अवस्थामा अहिले यो विषय छलफलमै रहेको पौडेलले बताए । कार्याक्रममा मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाले स्थायी राजधानीको कुरै कोट्एनन् । बरु उनले अरुले हेटौंडा काठमाण्डौ सुरुङमार्गलाई संकेत गर्दै अरुले जस्तो फोटोमा हैन कामै गरेर चित्लाङ–थानकोट शुरुङमार्ग नेपाल सरकारले निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । आर्थिक वर्ष २०७५÷०७६ का लागि देशका छ वटा सुरुङमार्ग मध्ये चित्लाङ–थानकोट सुरुङमार्ग पनि परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस