थाक्रेको चकमकेमा ट्रिपर पल्टियो ! ३ जनाको मृत्यु ,३ घाईते

Post Thumbnail

असोज २७, थाक्रे । पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

ज्यान जानेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक उ४ब पाखरेलले अनलाईन केन्द्रलाई जानकारी दिए ।

दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिप्पर सडकबाट ६ सय मिटर तल पुगेको थियो । टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेका ट्रमा सेन्टर पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस