रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २८, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उनको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो ।

ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको हो नेपाल रिपब्लिक मिडियाले जनाएको छ। डाक्टरहरुका अनुसार उनलाई माइल्ड अट्याक भएको हो ।

निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका ज्ञवाली कान्तिपुर प्रकाशनको सुरुआती चरणदेखि अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष थिए।

ज्ञवालीको जन्म विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा भएको थियो। उनका श्रीमती र तीन छोरा छन्।

ताजा अपडेट

खोजी गर्नुहोस