आज विश्व हात धुने दिवस: ‘सफा हात मेरो स्वास्थ्यको आधार’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २९, सोमबार (६ साल अघि)
  • ६३ पटक पढिएको
Post Thumbnail

असोज २९,काठमाडौँ । आज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सफा हात मेरो स्वास्थ्यको आधार’ भन्ने मूल नाराका साथ आज विश्व हात धुने दिवस मनाउन लागिएको हो । हरेक वर्षको अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

यो वर्ष विश्व हात धुने दिवस हात धुने र खानाबीचको सम्बन्धमा केन्द्रीत रही खाद्य स्वच्छता र पोषणसँग सम्बन्धित छ । यो पल्टको नाराले हरेक पटक खाना खानु, खुवाउनु र बनाउनु र खानेकुरा दिनु अगाडि साबुन पानीले हात धुने कार्यलाई सम्झाउने छ । यो दिवसको महत्व भनेकै खानालाई सुरक्षित राख्नु र विभिन्न रोगहरुको रोकथाम गर्नु हो ।

विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ वर्ष मुनिका १४ लाख बालबालिकाको झाडापखाला र निमोनिया जस्ता रोगका कारण मृत्यु हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस