बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ३०, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ३०, पोखरा । बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् ।

पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि उनलाई पक्राउ गरिएको हो ।

४० वर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा रहेका थिए । उनी बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्त भएको खुल्न आएको छ । उनी लुम्बिनी बैंकको कर्मचारी रहेको र दसैँको पार्टीमा रमाइलो गरेर फर्किरहेको बताएका छन् ।

दुईजना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए, बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज सुनेपछि । पन्तले गलत कार्यगरिरहेको अवस्थामा भेटिएका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।

महिला अचेत अवस्थामा भेटिएकी छन् । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवारको अवस्था थाहा हुन सकेको छैन । उनलाई अस्पताल पठाईएको छ ।

सोमबार राति ११ः३० को भएको घटनामा पन्तले माफी माग्दै बरु गोलि ठोक्नु तर प्रहरीलाई खबर नगर्नु भनेको प्रत्यक्ष दर्शि वटुबाले बताएका छन् । पन्त पक्राउ परिसकेको र सो विषयमा थप अनुसन्धान गरिने बैदाम प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस