आज विजयादशमी : ९ बजेर ५१ मिनेटको साईतमा टिका लगाईदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २,काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बडादसैंको दिन देवी बिसर्जनको साइत ९ बजेर ३९ मिनेटमा र टीकाको विशेष साइत बिहान ९ बजेर ५१ मिनेटलार्इ तोकेको छ ।

दसैं तिहार लगायत अन्य चाडपर्व र तिथिमिति नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्णय गर्ने गर्दछ ।

यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत थियो । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको थियो । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याउने साइत थियो । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइने साइत तय भएको थियो । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राख्ने साइत जुरेको थियो ।

यस वर्ष असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैंको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए ।

आज बिहान ८।३५ मा तुलजा भवानीको यात्रा गराइने साइत छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिनेछ ।

कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइने छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस