निर्मला पन्त बलात्कार–हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ४, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ४,काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिशउपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस