चालकले जोगाए दर्जनौको ज्यान, सबै यात्रु झरेपछी बस खस्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ५, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ५,दोलखा । सवारी चालकको चलाखीका कारण दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ मा ठूलो दुर्घटना टरेको छ ।

सोमबार बिहान पौने ११ बजे वडा नम्बर ५ चिलंखास्थित सोरुङ खोला भन्दा माथिको घुम्तीमा बा २ ख ४९८३ नम्बरको यात्रुवाहक बस पल्टिए पनि चालकको सतर्कताका कारण मानवीय क्षति भने भएन ।

विगु गाउँपालिका वडा नम्बर ५ बाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको बसको अवस्था सुरुदेखि नै ठिक नरहेको र घुम्तीमा पुग्दा दुर्घटना हुने सम्भावना देखेपछि सवारी चालक आलम्पु निवासी ३७ वर्षीय विक्रम लामगादेले होसियारीपूर्वक सम्पूर्ण यात्रु ओरालेका थिए ।

यात्रुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक बद्री नेपालीले भने, ‘यात्रुसहित बस दुर्घटनामा परेको भए ठूलो मानवीय क्षति हुने थियो ।’

घुम्तीमा बसलाई नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि चालक लामगादे यात्रुहरुलाई ओरालेर आफू पनि ओर्लिनुभएको थियो । सबै जना ओर्लिनेबित्तिकै खाली बस झण्डै ८० मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा विगु गाउँपालिका वडा नम्बर ६ आलम्पु बस्ने २४ वर्षीया जमुना श्रेष्ठ सामान्य घाइते भएकी छिन । श्रेष्ठको दाहिने आँखाको माथिपट्टि र देब्रे गोडामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरीक्षक बद्री नेपालीले जानकारी दिए । घाइते श्रेष्ठलाई उपचारका लागि सिंगटी अस्पतालमा पठाइएको छ । बसमा सवार झण्डै ३७ जना यात्रु सकुशल रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस