पत्रकार महासघँका केन्द्रीय सदस्य राठौर विरुद्ध धादिङका क्रसर व्यावसायीद्धारा मुद्धा दर्ता , रकम माग्दै फाेन गर्ने र थर्काउने गरेकाे अाराेप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १३, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक १३, धादिङ । क्रसर उद्योग सघँ धादिङले पत्रकार महासघँका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका धादिङ सवांददाता हरिहर सिहँ राठौर विरुद्ध जिल्ला प्रशासन कार्यलय धादिङमा उजुरी दिएका छन ।

सासंद भुमी त्रिपाठी , ३ नम्वर प्रदेशका कानुनमन्त्री शालिकराम जमकट्टेल , पत्रकार , प्रजिअ लागायतलाई दशै खर्च वाडेको भनी सघंलाई वदनाम गर्ने काम गरेको धादिङ क्रसर उद्योग सघँका सयोंजक शिव रेग्मिले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

धादिङ क्रसर उद्योग सघँका विभिन्न व्यक्तिहरुलाई पैसा माग्ने, मेसेज गर्ने, थर्काउने, कार्य गरेको र व्यावसायीलाइ वदनामा गर्न डे वुकको पानामा फर्जि रुपमा देवराज लुइटेल मार्फत विभिन्न व्यक्तिहलाई रकम वुझाएको विवरण भनी भ्रामक एवम कपोकल्पीत समाचार र सूचना सम्प्रेषण गरिएको निवेदनमा दावी गरिएको छ ।

निवेदनमा झुटो कागज वनाउनेहरुको अनुसन्धान गरी तत्काल कार्वाही गर्न समेत माग गरिएको छ ।

धादिङ क्रसर उद्योग सँघ धादिङले जिल्ला प्रशासन कार्यलयमा वुझाएको निवेदन

ताजा अपडेट

खोजी गर्नुहोस