कार्तिक १४,काठमाडौँ । यस धुनिवेशी नगरपालिका नगर कार्यपालिका कार्यालय खानीखोला, धादिङका लागि निम्नानुसारको पदको बढीमा ६ महिना सेवा करारमा लिनुपर्ने भएकोले १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको नेपाली नागरिक उम्मेदवारबाट आवश्यक कागजातहरु राखी यो सुचना प्रकाशित भएको मितिले १५ पन्ध्र दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
१. आवश्यक कागजपत्रः– परीक्षा दस्तुर तिरेको सक्कलै रसिद, निवेदक स्वयंबाट हस्ताक्षरित वैयक्तिक विवरण (Bio Data) र त्यसमा उल्लेखित आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धांक पत्र, चारित्रिक प्रमाण पत्र, तालिम वा कार्य अनुभव सम्बन्धी कागजपत्र, तथा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । साथै माथिल्लो शैक्षिक योग्यता, कम्प्युटर तालिमको प्रमाणपत्र र अन्य तालिमहरुको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । ल्याव असिस्टेन्टको लागि ६ महिना वा सो भन्दा माथि मान्यता प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालामा कार्य गरेको पत्र संलग्न हुनुपर्नेछ ।
२. उमेरः– १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको ।
३. छनौट प्रक्रियाः– तोकिएको मापदण्डका आधारमा उम्मेदवारहरुको सूचीकृत गरी सूचीकृत भएका मध्येबाट लिखित÷ अन्तरवार्तारप्रयोगात्मक परिक्षण लिई छनौट गरिनेछ । परिक्षाको समय निवेदन बुझाएको भोलिपल्ट प्रकाशित गरिनेछ ।
४. लोकसेवा आयोगको अस्थाई योग्यता सूचिमा रहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
५. परिक्षा केन्द्रः– धुनिवेशी नगरपालिका, खानीखोला, धादिङ ।
६. दरखास्त दिने स्थानः– धुनिवेशी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खानीखोला, धादिङ ।
७. दरखास्त दिने अन्तिम मितिः– २०७५/०७/२८ गते, कार्यालय समय भित्र ।
८. अन्तरवार्ताः– निवेदनबाट संक्षिप्त सूची तयार गरी अन्तरवार्ताको मिति पछि जानकारी गराईनेछ ।
९. तलबः– नेपाल सरकारले समान पदको लागि निर्धारण गरेको प्रचलित स्केल बमोजिम तथा ल्याव असिस्टेन्ट (स्वास्थ्य स्वयंसेवक) कार्यक्रम अन्तरगत निर्वाह भत्ता नगरपालिकाले तोकिएको बमोजिम हुनेछ ।
थप जानकारीको लगि धुनिवेशी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय खानीखोला, धादिङ फोन नं:०१०–४०११९७, www.dhunibeshimun.gov.np, www.facebook.com/dhunibeshimun मा सम्पर्क गर्न सकिनेछ ।
राजेन्द्र बहादुर अर्याल
प्रमुख प्रशासकीय अधिकृत