काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो, अझै केही दिन पानी नपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १८, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १८,काठमाडौँ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ ।

तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ ।
तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ ।

दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस