चितवनमा गाडीको ठक्करले मोटरसाइलक चालकको मृत्यु, बिहानैदेखि राजमार्ग अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २४, शनिबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको हर्दीमा शनिबार बिहान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनापछि मृतकका आफन्त एवं स्थानीय बासिन्दाले राजमार्ग बन्द गराएका छन्।

राजमार्ग बन्द हुँदा तिहार मनाएर काठमाडौं फर्किएका सयौैं यात्रु बीच बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि सडक बन्द गरिँदा सवारीसाधनको लाम लागेको छ।

राजमार्ग खुलाउने विषयमा पीडित पक्ष एवं आन्दोलित स्थानीय बासिन्दासँग छलफल भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहान साढे ३ बजेतिर चितवनको राप्ती नगरपालिका-९ मा पर्ने हर्दीमा नम्बर नखुलेको सवारीसाधनले ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय रमेशबाबु त्रिपाठीको मृत्यु भएकाे हो।

दुर्घटनमा परी गम्भीर घाइते भएका त्रिपाठीलाई उपचारका लागि चितवनकै भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी राप्ती नगरपालिकाकै वडा नम्बर १ का बासिन्दा हुन्।

ठक्कर दिने गाडी के थियो भन्नेसमेत नखुलेको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस