धुनिबेशी नगरको वडा नम्बर १ र २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

Post Thumbnail

-महेश्वर सुवेदी 

कार्तिक ३०,धुनीबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ र २ तथा साबिकको छत्रेदेउराली गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँ बस्ती लगायत जिल्ला नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईरहेको अबस्थामा आज एक कार्यक्रम गरि उक्त क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको धुनिबेशी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बालकृष्ण आचार्यले बताए ।

छत्रेदेउराली बासिहरुको एक्यवद्धता पुर्ण सरसफाईमा प्रदिबद्धता भन्ने नाराका साथ सुआहारा परियोजनाको सहयोग ,दुई वडाको सहकार्य र अन्य सरोकारवालाको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य रहेका थिए । यसैगरी बिशेष अतिथीमा धुनिबेशी नगरकी उपप्रमुख निरु खरेल , धुनिबेशी नगरका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र बहादुर अर्याल, सुआँरा क्षेत्रीय सरसफाई सयोजक आलोक चन्द्र न्यौपाने , सुआँरा परियोजना धादिङका राधेश्याम चौधरी लगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा धुनिबेशी नगरका प्रमुख बालकृष्ण आचार्यले सफा सुन्दर र खुल्ला दिशामुक्त नगरपालिका बनाउन सबैको सहयोग आबश्यक रहेको बताए । अहिलेको समयमा कुनै पनि क्षेत्रलाई खुल्ला दिशाामुक्त क्षेत्र घोषणा गर्नुमात्रै ठुलो करा नभएर यसलाई सहिमार्ग तर्फ लैजाने कुरा महत्वपुर्ण रहेको बताउँदै धुनिबेशी नगरपालिकाले गर्ने जस्तोसुकै काममा पछि नहट्ने समेत उद्घोष गरे ।

कार्यक्रममा बिशेष अतिथीका रुपमा आएका धुनिबेशी नगरकी उपप्रमुख निरु खरेलले सरसफाईको बातावरण आफ्नै घरबाट सुभारम्भ गर्नुपर्ने बताईन । धेरै ठाउँहरुमा घोषणा गर्ने र पछि कुनै वास्ता नगर्ने परीपाटीको अन्त्य गर्दै अब निती नियमलाइृ सहि मार्गदर्शन गर्न आबश्यक रहेको समेत उनले बताईन।

यस्तै बिषेश अतिथी तथा सुआहारा क्षेत्रीय सरसफाई सयोजक आलोक चन्द्र न्यौपाने घोषणा गरेर मात्रै नहुने र वडाहरुलाई सदैव हराभरा बनाउन सबै स्थानिय मिल्नुपर्ने बताए । सबै गाउँ टोलका ब्यतिmहरु मिलेमात्रै सफा वडा तथा नगरपालिका बनाउन सकिने बताए ।

वडा नम्बर २ का वडा अध्यक्ष बलराम कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस