विश्व एड्स दिवस : एड्स विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित आज दिवस मनाईँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १५, शनिबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । एचआइभी एड्सबाट जोगिने उपाय तथा संक्रमितहरुको पक्षमा वकालत गर्ने उद्देश्यसहित शनिबार विश्व एड्स दिवस मनाईँदै छ ।
हरेक वर्ष डिसेम्बर १ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।

सन् १९८८ यता एचआइभी–एड्स विरुद्धको अभियानमा महत्वपूर्ण उपलब्धी हाँसिल भएको छ । तर पनि अझै स्वास्थ्य सेवाको पहुँचमा नरहेका व्यक्तिको संख्या धेरै छ र उनीहरुलाई पहुँचमा ल्याउनु जिम्मेवारी हो ।

यस्तै एचआइभी संक्रमितहरुको पुनर्स्थापनाको क्षेत्रमा पनि काम गर्नु पर्नेछ । यसैगरी नयाँ संक्रमण नफैलियोस भन्नका लागि कण्डमसहितका सुरक्षित यौन साधनको प्रयोगमा जोड दिने र सुरक्षित यौन सम्बन्धबारे सचेत गराउने उद्देश्यसहित दिवस बनाउने गरिएको छ ।

विश्वमा अहिले तीन करोड ७० लाख मानिस एचआइभी संक्रमित छन् । यस्तै एक चौथाइ मानिसलाई आफूलाई एचआइभी संक्रमण रहेको थाहा नै नभएको अवस्था छ ।

एचआइभी पूर्ण रुपमा निको पार्ने औषधि अहिलेसम्म नबनेको भए पनि संक्रमितहरुलाई दीर्घ जीवन दिने औषधिहरु भने बनेका छन् । ती औषधिहरुमा पहुँचका लागि पनि परीक्षण गर्नु पर्ने हुन्छ । नेपालमा पनि धेरै एचआइभी संक्रमितहरु अहिले पनि पहुँच भन्दा बाहिर छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस