झापामा सडक दुर्घटनाः ३ जना घाइते, २ को अवस्था गम्भीर

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर १६, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १६, बिर्तामोड । झापाको कन्काई नगरपालिका–३ स्थित जुके कल्भर्ट तीनवटा सवारीसाधन एकआपसमा जुधेर भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।

आइतबार अपरान्ह पौने पाँच बजे दुर्घटना हुँदा इलाम देउमाई नगरपालिका बस्ने जोसेफ राई, कन्काई–२ का डम्बर कार्की र कन्काई–१ का कुवेर नेपाल घाइते भएका हुन्।

राई र कार्कीको चिन्ताजनक अवस्थामा बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मारुती भ्यान, टाटा सुमो र सरकारी बाइक एक आपसमा जुधेर दुर्घटना भएको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस