मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १९, दाङ । दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस