मंसिर २०, काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसनको ३२ औँ केन्द्रिय कार्यकारिणी समिती तथा सातैवटा प्रदेशमा प्रथम कार्यकारिणी समितीको निर्वाचनका लागि प्रगतिशिल समु्ह सक्रियताको साथ मैदानमा होमिएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेमा आवद्ध ईन्जिनियरहरुलाई एक बनाएर चुनावमा होमिएको प्रोगेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) यतिबेला नेपाल ईन्जिनियर्स एशोसिएसनको नेतृत्व लिन तयार भएर अघि बढेको छ ।
चुनावबाट आएको विगतको नेतृत्वले सरकारसंग कहिल्यै सहकार्य गर्न नसकेको र मुलुकको आवश्यकताको पहिचान गर्न नसकेको प्रगतिशिल समु्हबाट केन्द्रिय सदस्यका उम्मेद्धार समेत रहेका केन्द्रिय निर्वाचन परिचालन समिती सदस्य ई. कृष्ण सापकोटाले अनलाईन केन्द्रलाई बताए । उनले यसभन्दा अघि ईन्जिनियरहरुको संगठन नै नभएको जसरी ईन्जिनियर निराश हुनुपरेको र अब यसको अन्त्य हुने बताए । अनलाईन केन्द्रसंग कुराकानी गर्दै कृष्ण सापकोटाले मुलुकको विकाशमा सबैभन्दा अग्र स्थानमा रहेको ईन्जिनियर अब संस्थागत रुपमा पनि बलियो र आफ्नो हक अधिकार लिने कुरामा पनि बलियो हुँदै मुलुकको सम्बृद्धीमा होमिने बताए ।
उनले भने– ‘विशेषगरी चुनावबाट आएको नेतृत्वले सरकारसंग समन्वय नै गर्न सकेन् जस्तो अहिले बुढीगण्डकी आयोजनाको केश टेवलटेनिस जसरी कहिले यता कहिले उता ठोक्किरहेको छ यो आयोजना ईन्जिनियरले कसरी बनाउन पर्छ ?,यसको मोडेल के हुनसक्छ ? भन्ने विषयमा आफ्नो धारणा नै राख्न सकेन् । एशोसियसनले कहिल्यै पनि सरकारसंग जोडिएर काम गरेन । एक दुईवटा सेमिनार गरेर मात्रै आफ्नो काम सकिएको अनुभुति गर्यो । अवको दिनमा केन्द्र,प्रदेश र स्थानिय तहमा सरकारसंग जोडिएर विकास र सम्वृद्धीको एजेण्डामा बहस गरेर अघि बढ्नेछ’ ।
देशव्यापी प्रचारप्रसार गरेर उपत्यका फर्केको उक्त समूहले १८ जनाको केन्द्रीय कार्यसमितिमा सबै पदमा उमेदवार तोकेको छ ।
१७ हजार मतदाता रहेको उक्त एसोसिएसनको १८ सदस्य निर्वाचनबाट केन्द्रीय समितिमा प्रत्यक्ष निवार्चित हुनेछन् भने सात प्रदेशबाट सात जना निर्वाचित हुनेछन् । ३२औं केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा आगामी नेतृत्व छानिनेछ । प्रगतिशील समूहबाट नेतृत्व इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डिन प्रा. डा.त्रिरत्न बज्राचार्यको समूह र प्रजातान्त्रिक समूहबाट धिरेन्द्रमान प्रधानको समूह प्रतिस्पर्धामा रहेको छ ।
उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविराज पोख्रेल, उपमहासचिब कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव, सहकोषाध्यक्ष चाँदमाला श्रेष्ठ र सदस्यहरु क्रमशः प्रकाश सापकोटा, छविलाल अधिकारी, शिव चापागाई, दिलिप कुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दिपे्रन्द्र जम्कट्टेल, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्र कुमार झा, चक्र चुनाणि भट्ट।, रोशन भट्टराई, अनिस नेपाल, सुगन्ध सुवेदी रहेका छन् ।