मन्त्रीको प्रस्तावः पहिले विवाह दर्ता, अनि मात्रै बिहे

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २३, दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् ।
समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने बताए ।

“पहिलो विवाह दर्ता गर्ने अनि मात्रै विवाह गर्न पाउने मान्यता दियो भने अहिलेजस्तो सानै उमेरमा बालविवाह गर्ने समस्याको अन्त्य हुन्छ,” मन्त्री केसीले भने, “यसका लागि कानून निर्माणमा समेत प्रदेश सरकारले पहल थाल्छ ।” अझै पनि बालविवाह गर्ने क्रम नरोकिएकाले कानून बनाएर त्यसलाई न्यूनीकरण गर्नुपर्ने उनको भनाई थियो ।

साथै उनले मुलुकमा नयाँ युगको शुरुवात भएको बताउँदै कुनै पनि देशमा नभएको अभ्यास नेपालबाट शुरु भएको बताए । उनले प्रदेश नं ५ ले अहिलेसम्म १५ वटा कानून निर्माण भइसकेको भन्दै बाँकी कानूनहरु यही २६ गतेदेखि बस्ने प्रदेशसभाको बैठकले निर्माणको प्रक्रियामा अगाडि बढाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस