शिक्षकले पिट्दा १३ वर्षीय विद्यार्थीको मृत्यु, शिक्षक फरार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ।

पिट्ने शिक्षक फरार छन्। कलैया उपमहानगरपालिका १ स्थित नमूना निमाविमा अध्यनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको  छ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेश्रो घन्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन्।

विद्यायबाट उनको घर ३ किमी टाढा छ। घर पुगेको केही घन्टामै जिल्ला अस्पताल कलैया पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवन झाले बताए।

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन्।

अजयको मृत्युपछि शिक्षक सोनालाल विरुद्ध प्रहरीमा उजुरी दिएको अजयका काका जितेन्द्रले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस