२ सय ३५ किलो चरेससहित दुईजना गजुरीबाट पक्राउ

Post Thumbnail

पुस १९,धादिङ । भारतीय कन्टेनरमा लुकाई छिपाई लैजान लागेको २ सय ३५ किलो चरेससहित दुईजनालाई प्रहरीले गजुरीबाट पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको एचआर ३८ एस ९३७१ नम्बरको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएको २ सय ३५ किलोग्राम चरेस बरामद गरिएको हो।

चरेससहित भारतका उत्तर प्रदेश निघौली सिहोदावाद रोड निवासी राजपाल सिंहको छोरा सत्यन्द्र सिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लाल महम्मद गद्दीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस