अवैध सुनसहित गजुरीबाट ३ जना पक्राउ

Post Thumbnail

पुस २०,धादिङ । अवैध सुनसहित ३ जना पक्राउ परेका छन । जिल्लाको गजुरी गाँउपालिका वडा नम्बर १ गजुरी बजारबाट विशेष सुराकीको आधारमा धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका हुन।

बिहीबार राति पौने १० बजे गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङलाई चार किलो सुनसहित पक्राउ गरिएको गजुरी प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज ढुंगेलले अनलाईन केन्द्रलाई बताए ।

उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक ढुंगेलले जानकारी दिए ।

पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस