ईट्टाभट्टाले अत्याधिक प्रदुषण भएपछि स्थानिय आन्दोलित ! मापदण्ड नपुर्याए बन्द गर्ने चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पुस २४,धादिङ । ईट्टा भट्टाले प्रदुषण बढाएपछि धुनीबेशी नगरपालिकाका स्थानीयले बाताबरण संरक्षण समिति गठन गरेका छन । धुलो,धुवाँले अत्याधिक प्रदुषित भएपछि स्थानीय नागरिक आक्रोशित भएका छन् । कुनै समय तरकारीको लागि निक्कै प्रख्यात रहेको नगरपालिका क्षेत्र अहिले इट्टा भट्टाले कुरुप बनेको र बाताबरणमा असर पुर्यएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

स्थानीयको भेलाले प्रल्हाद खकुरालको नेतृत्वमा १५ सदस्यीय बाताबरण संरक्षण समिति गठन गर्दै भट्टा संचालकसंग ५ वटा माग राखेका छन् । विद्यालय आउने र जाने दुवै समयमा भट्टा बन्द गरिनु पर्ने,भट्टाबाट उत्पादन हुने धुलो नियन्त्रणका लागि पहल गर्न,बातावरणीय असरले तरकारी खेतिमा भएको क्षति एकिन गर्न विज्ञ समूह ल्याई यथार्थ पहिल्याई क्षतिपूर्तिका लागि पहल गर्न उनीहरुले माग गरेका छन ।

संयोजक खकुरेलले नगरपालिकालाई धुलो र धुवा मुक्त बनाउने जिम्मेवारी पुर्णरुपमा पालना गर्ने बताए । उनले अनलाईन केन्द्रलाई भने मेरो नेतृत्वमा समिती गठन भएको छ, यसमा सबैको साथ चाहिन्छ । व्यवसायीले आफ्नो व्यवसाय गर्दा नागरिकको स्वास्थ्यलाई गम्भिर रुपमा लिनुपर्ने उनले बताए ।

भट्टा संचालकलाई छलफलका लागि बोलाइएपनि बहाना बनाएर छलफलमा नआएको स्थानयिको आरोप छ । भट्टा संचालकले स्थानीयको मागलाई बेवास्ता गरे कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । पछिल्लो समय धुनीबेशी नगरपालिकामा बढ्दै गएको अनियन्त्रित इट्टा भट्टाको संचालनबाट बाताबरणीय क्षेत्रमा ठूलो असर परेपछि स्थानीय नागरिक प्रदुषण नियन्त्रणका लागि आन्दोलन गर्ने मनस्थीतिमा पुगेका हुन् ।

‘नसच्चिए डोजरले भत्काउनुपर्छ’-नेता पाण्डे

केहीदिन अघि ईट्टाभट्टा व्यवसायी र सरोकारवाला सहितको अभिमुखिकरण तालिममा नेकपाका नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले ईट्टाभट्टा सञ्चालकहरु नसच्चिए भट्टामा डोजर चलाउन पनि सरकार बाध्य हुने बताएका थिए । उनले सबैले आफ्नो व्यवसाय गर्न पाउने तर व्यवसाय गर्दा अन्य सरोकारवालाको अधिकार हनन गर्न नपाईने बताएका थिए । उनले कुनैदिन धादिङको तरकारीले काठमाडौँवासी पालिएको भन्दै अहिले यस्तो अवस्था आउनु दुख रहेको बताएका थिए । नेता पाण्डेले ईट्टाभट्टा चलाउदा अपनाउनु पर्ने प्रदुषण मापदण्ड,जमिनको प्रयोग,मजदुर व्यवस्थापन लगायतमा व्यवसायीले मुख्य ध्यान दिनुपर्ने बताएका थिए ।

मेयर आचार्य भन्छन– ‘म आएदेखी ईट्टाभट्टा दर्ता रोकेको छु’

धुनीवेशी नगरपालीकाका प्रमुख बालकृष्ण आचाईले आफु आएदेखि नगरपालिका भित्र कुनैपनि ईट्टाभट्टा दर्ता नगरेको अनलाईन केन्द्रलाई बताए । उनले भने म यहाँ जनप्रतिनिधि भएर आएदेखि भट्टा दर्ता रोकेको छु, प्रदुषण नियन्त्रणमा पटक–पटक व्यवसायीलाई सचेत गराएको छु । नियन्त्रण नभए बन्द गर्छु पनि भनेको छु । उनले सबैले नियम कानुन अनुसार चल्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस