लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ पौष २९, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २९, हेटौंडा । लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसको बीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा ट्याङ्कर चालक इन्द्रसरोवर गाउँपालिका–५ का अरुण तामाङ, सहचालक सोही ठाउँ बस्ने १५ वर्षीय विजय तामाङ र १५ वर्षीय अर्का किशोर सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस