टुटलद्वारा बिनादर्ता यात्रुसँग १३ प्रतिशत भ्याट असुली

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ।

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ।

हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ।

हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ। उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो।

उक्त कम्पनीले १९ महिनामा भ्याट कति असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन। यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिन्छ। मुलुकमा अधिकांश साना ठूला व्यवसायीहरू भ्याट छली विवादमा आउने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस