माघ ११, नेपालगञ्ज । नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएकाे छ।
भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गली सिंहपुरवाका ३७ वर्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो।
चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।