एउटै बोको एक सय ६५ किलो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १७, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौं । एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो।

तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ।

बोयर जातको यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनीमा राखिएको छ ।

मेला अबलोकन गर्न आउनेहरु बोको हेर्न झुम्मिन्छन्। डिभर्नाका किसानले त्यसलाई तीन वर्षअघि ३ लाख रुपैयाँमा किनेका हुन्। त्यो पनि अस्ट्रेलियाबाट।

त्यही बोकाको कारण अहिले सन्धिखर्कको डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल नै बनेको छ। सो बोकाबाट उत्पादित पाठापाठी तीन महिनामै तीस किलोको हुने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस