प्रदेश ३ सरकारले ल्होसारमा सार्वजनिक बिदा दिने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २१, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो।

तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ। रासस

ताजा अपडेट

खोजी गर्नुहोस