चन्द्रागिरी,शिवपुरी लगायत काठमाडौका विभिन्न डाँडामा हिउँ !

Post Thumbnail

माघ २६,काठमाडौँ । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।

शिवपुरी निकुञ्ज आसपास परेको हिउँ

हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् ।

हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल चन्द्रागिरी डाँडोमा बढेको छ । विभिन्न उमेर समूहका व्यक्तिहरु हिउँको मजा लुटिरहेका छन् ।

यस्तै निरन्तरको बर्षाले चिम्टेश्वर डाँडाँ, शिवपुरी राष्ट्रिय निकुञ्ज आसपास पनि हिँउ परेको छ ।

चिम्टेश्वर डाँडा आसपास परेको हिउँ

ताजा अपडेट

खोजी गर्नुहोस