हेटौंडामा एक सातामै १५ हजार कुखुरा मरे, बर्डफ्लुको आशंका

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ फागुन १५, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ७, ८ र ११ नम्बर वडामा अण्डा तथा मासुका लागि पालिएका कुखुरा धमाधन मर्न थालेपछि किसान चिन्तित भएका छन्।

एक साताभित्र करिब १५ हजार कुखुरा मरिसकेका कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ।

अण्डाका लागि पालिएका लयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ। तर, कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले भने रानीखेत रोगको कारण कुखुरा मरेको दावी गरे।

हेटौँडा ७ का किसान दीपेन्द्र गौतमले आफ्नो फर्ममा मात्रै सात सय कुखुरा मरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस