चैत्र ६,धादिङ । दलितहरुको वस्तीमा विद्यालय भवनको अभाव खेपीरहेको गल्छी गाउँपालिका वडा न. १ दलाङमा नेपाल रेडक्रस सोसाइटी धादिङले निर्माण गरेकोे जालपादेबी आधारभुत विद्यालय भवनको सोमबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
८ कोठाको भवन, शौचालय, फर्निचर, खेलकुद सामाग्री समेतको ६७लाख ५३ हजार ४ सय ४७ रुपैयाँको लागतमा सम्पन्न नवनिर्मित भवनको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
अति गरिब दलितहरुको बस्तीको बिचमा िनर्माण भएको बिद्यालयमा ८५ विद्यार्थी अध्यायनरत रहेका छन् ।
भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना, कल्लेरी गाविसका पूर्व अध्यक्ष केदार खतिवडा, वडा अध्यक्ष पूर्ण प्रसाद खतिवडा लगायतले भवन निर्माण पछि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आग्रह गरे ।
रासस/सिताराम अधिकारी