सफा महानगर : ५ वटा आधुनिक ब्रुमरबाट सहर सफाई अभियान आजबाट शुभारम्भ हुँदै !

Post Thumbnail

चैत्र १२,काठमाडौँ । काठमाडौ महानगर धुँलो धुवा र ध्वनी मुक्त सहर बनाउने महानअभियानमा जुटेको छ । महानगरपालिकाले सहर सफा, सुघर र सुन्दर बनाउने उद्धेश्यले इटालिबाट झिकाइएका ५ वटा आधुनिक बु्रमरबाट सहर सफाई अभियान आजबाट शुभारम्भ गर्दैछ ।

कार्यक्रममको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गर्नेछन । राष्ट्रिय सभागृहमा हुने दिँउसो १ बजे हुने कार्यक्रममा विभिन्न निकायको उपस्थिती रहने जनाइएको छ । अब राजधानीको हरेक सडक सफा हुनेछन ।

महानगरले सरसफाईमा ध्यान दिँदै वातावरण सफा गर्ने सवालमा प्रमुख ध्यान दिने महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले अनलाईन केन्द्रलाई जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस