चैत्र १४,कालीकोट । रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार कर्ण विश्वकर्मा बिहिबार रिहा भएका छन । पत्रकार विश्वकर्मालाई बिहिबार विहान ९ बजे स्थानिय प्रशासनले रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।
गत चैत ७ गते कर्णाली एफएमको स्टूडियो भित्रै प्रवेश गरेर प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको थियो । विश्वकर्माको पक्राउको विरोधमा कालिकोटका सामुदायिक रेडियोहरुले प्रशारण बन्द गरेर बिरोध जनाएका थिए ।
पत्रकार पक्राउको चौतर्फी बिरोध हुदै आएको थियो । महासंघले केन्द्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हाल्ने निर्णय गरेको थियो र प्रदेश अध्यक्ष दुर्गा थापाको नेतृत्वमा अनुगमन गर्न मिसन टोली खटाउने निर्णय गरेको थियो ।