गजुरीमा ठुलो परिमाणमा गाँजा,चरेस नियन्त्रण ! सुकमाया तामाङ पक्राउ

Post Thumbnail

 

चैत्र १५,धादिङ । आज दिँउसो धादिङको गजुरी गाउपालिका–७ पेटारेबाट ठुलो परिमाण लागुऔषध सहित एक महिला पक्राउ परेकी छिन ।

लागु औषध नियन्त्रण व्यूरो कार्यालय काठमाण्डौबाट खटि आएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुराकीको आधारमा गजुरी गाँउ पालिका बस्ने बर्ष ४५ की सुकमाया तामाङलाई पक्राउ गरेको हो ।

तामाङकै गोठमा लुकाई छिपाइ राखेको ११०.८१ किलो चरेश , चरेश बनाउने तयारी धुलो ३२.९१ किलो, गांजा मिसिएको धुलो ३९०.३२ किलो, १०९ किलो गांजाको गेडा सहितको धुलो प्रहरीले नियन्त्रणमा लिएको गजुरी प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज ढुंगेलले अनलाईन केन्द्रलाई बताए ।

लागुऔषधसहित तामाङलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस