चैत्र १७,काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले इन्टरनेटका सामाग्रीमाथि नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरकारले थप सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएका छन् ।
वासिङ्टन पोस्टमा प्रकाशित लेखमा फेसबुकका प्रमुख भन्छन्, ‘हानिकारक सामाग्रीहरुमाथि नियन्त्रणको जिम्मेवारी एउटैले लिन कठिन हुन्छ ।’ उनले निम्न चार क्षेत्रमा नयाँ कानुनका लागि आग्रह गरेका छन् । हानिकारक सामाग्री, चुनावी अखण्डता, गोपनीयता र डाटा पोर्टाबिलिटी (तथ्याङ्कलाई सहजरुपमा लिन योग्य) ।
एक बन्दुकधारीले न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको मस्जिदमा आक्रमण गर्नको लागि फेसबुक साइटको प्रयोग गरेको दुई हप्तापछि यो कुरा आएको हो ।
जुकरबर्ग लेख्छन्, ‘कानुनविद्हरु आफूसँग भाषण र वाक् स्वतन्त्रा बढी भएको स्वीकार्छन् र स्पष्टरुपमा म यसमा सहमत छु ।’ उनले फेसबुकलाई मानिसले उजुरी र छलफल गर्न सक्ने एक स्वतन्त्र निकाय बनाइनुपर्नेमा जोड दिएका छन् ।
जुकरबर्गले विज्ञान र प्रविधि कम्पनीमाथि लागू हुने नयाँ कानुनको पनि वर्णन गरेका छन् । उनी भन्छन्, ‘यो नयाँ नियम सबै वेवसाइटका लागि समान हुनुपर्छ, जसले हानिकारक सामाग्री को प्लेटफर्ममाथि रोक लगाउन सकियोस् ।’
फेसबुकले यी सबै मुद्दाहरु सुल्झाउने जिम्मेवारी लिएको र यसका लागि विश्वभरका सांसदसँग चर्चा गर्नको लागि आफू तयार भएको जुकरबर्गले बताएका छन् ।