ओखलढुङ्गामा जीप दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

Post Thumbnail

चैत्र १७,ओखलढुंगा । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् ।

हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस